एमसीसीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन जारी

एमसीसीविरुद्ध माइतीघरमा विरोध प्रदर्शन जारी

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै माइतीघर मण्डलामा प्रदर्शन शुरु भएको छ । नेकपा क्रान्तिकारी वैद्य निकट विद्यार्थीहरुले एमसीसीको विरोधमा नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा शुरु भएको प्रदर्शनमा दुई दर्जनको उपस्थिति रहेको छ । प्रदर्शनमा एमसीसी खारेजीको माग गरिएको छ ।

आजको नेपाल बन्द सफल पारौँ, राष्ट्घाती एमसीसी खारेज गर,देश बेच्ने दलालहरु होसियार, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन,सम्पूर्ण देशभक्त नागरिकहरु एक हौं लगायतका नाराहरु लगाइएको छ । आजको संसदमा एमसीसी टेबल हुने सम्भावना बढेपछि विभिन्न विद्यार्थी संगठनहरुले आन्दोलन शुरु गरेका छन् ।

टिप्पणीहरू