पूर्व राज्यमन्त्री आजै जेल जान तयार
पूर्व उध्योग राज्यमन्त्री हरि पाण्डेले आफूलाई सरकारले दण्डित गर्नुपर्ने बताउँदै पत्रकार सम्मेलन गर्ने भएका छन् । चर्चित उद्योगपतिसमेत रहेका उनले आफूले गरेका क्रियाकलापका कारण समाजमा प्रतिष्ठित ब्यक्ति हुँ भन्नै लाजमर्दो भएकोले पत्रकारसामु सरकारसङ्ग कारवाहीको माग गर्न लागेका हुन् ।
पाण्डेले पत्रकार सम्मेलन पौने तीन बजे गर्ने भएका छन् । उनले पत्रकारसँगको कुराकानीमा आफूले धन आर्जन गर्न घुस खुवाएको, मातृभूमिको भारा नतिरेको र यसो हुँदाहुँदै पनि समाजमा प्रतिष्ठित हुँ भनेर हिँडेकोमा सरकारले दण्डित गर्नुपर्ने उनको भनाई छ ।
सरकारसँग आफूले गरेका गल्तीको सजाय माग्न लागेका पाण्डे शुरुमा रारा चाउचाउ ल्याउने पोख्रेली ब्यापारी हुन् । उनी वि.सँ.२०५१ सालको पहिलो कम्युनिस्ट सरकारमा उद्योग राज्यमन्त्री बनेका थिए ।
हाल पाण्डेमाथि भक्तपुरको इन्जिनियरिङ्ग कलेज घोटाला काण्डमा सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागद्वारा मुद्दा चलाइएको छ ।
टिप्पणीहरू