एमसीसीले बढायो बानेश्वरमा सुरक्षाकर्मी (फोटो फिचर)
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता आज संसदमा टेवल हुने भनिएपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
साढे दुई वर्षअघि तत्कालीन केपी ओली सरकारले दर्ता गरेको प्रस्ताव आज बैठकमा पेस गर्न लागिएको हो । सो प्रस्ताव पेस गरिने भएसँगै संसद भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सरकारमा सहभागी दल माओवादी केन्द्रसहित विभिन्न संघसंगठनले विरोध जनाइरहेका बेला सरकारले प्रस्ताव पेस गर्न लागेको हो ।


टिप्पणीहरू