खेर गएछ ५७ हजार डोज खोप
कोभिड १९ संक्रमणविरुध्दको २४ लाख डोज खोप हराएको विषय छानविनका लागि गठित समितिले झण्डै ५७ हजार डोज खोप खेर गएको बताएको छ । समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा बेलैमा खोप लगाउन नसक्दा ५६ हजार नौ सय आठ मात्रा खोप खेर गएको उल्लेख छ ।
प्रतिवेदनअनुसार सबभन्दा बढी २५ हजार पाँच सय ६२ मोडर्ना खोप खेर गएको हो । त्यस्तै,१९ हजार ४९ वटा कोभिसिल्ड र एस्ट्रेजेनेका तथा ७ हजार २३ वटा भेरोसेल खोप प्रयोग गर्न नमिल्ने भएको छ ।
“सरकारले निःशुल्क दिने भनेको खोप पनि बिक्रीवितरण गरेको पाइएको छ ।”
५ हजार एक सय ९५ जोन्सन खोप खेर जाँदा सबभन्दा कम ७९ डोज फाइजर खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले निःशुल्क दिने भनेको खोप पनि बिक्रीवितरण गरेको पाइएको प्रतिवेदनमा भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १२औं तहका विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा खोप बिक्री भएको र अख्तियारले छानबिन गरिरहेको बताइएको छ ।
टिप्पणीहरू