नामकी नमूना, कामकी नमूना कमरेड

नामकी नमूना, कामकी नमूना कमरेड

पहिलो फाेटाे एमसीसी सम्झौताविरुध्द प्रदर्शनका क्रममा कैद गरिएको हाे । यी युवतीले प्रहरीलाई प्रहार गर्न हातमा ढुंगा उचालेकी छन् ।

दोस्राे फाेटाे पनि उनै युवतीकाे हाे । नयाँ बानेश्वरकाे साेही एमसीसी विराेधी आन्दाेलनले उग्ररूप लिएपछि प्रहरीकाे कुटाइबाट हात भाँचिएकाे छ।

युवतीकाे नाम हाे- नमूना सापकोटा। माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा सानाेठिमी क्याम्पस सह-इन्चार्ज ।

शान्तिपूर्ण आन्दाेलनमा ढुंगा किन उचालेकाे भन्दा नमूना भन्छिन्- दिमाग मात्रै होइन आवश्यक पर्दा हात खुट्टा पनि चलाउन सक्छु । नाे एमसीसी।

“कमरेडकाे नाम मात्रै नमूना हाेइन उहाँ पनि नमूना नै हुनुहुन्छ। सबैभन्दा धेरै उग्र हुनुहुन्छ । उहाँले गर्ने हरेक कुरा सामाजिक सञ्जालमा देखाउनकै लागि हुन्छन् । “

कमरेड नमूनाले आफ्नाे फाेटाे छापिएका हर समाचार सामाजिक सञ्जालमा शेयर गर्छिन् । कतिपय समाचार माओवादीविरुध्द लेखिएकै पनि शेयर गरेको देख्न सकिन्छ । किनकि उनलाई फाेटाेसँग सरोकार छ,समाचारप्रति खासै चासो छैन ।

सानाेठिमी क्याम्पस पढ्ने उनका साथीहरू भन्छन्-कमरेडकाे नाम मात्रै नमूना हाेइन उहाँ पनि नमूना नै हुनुहुन्छ। सबैभन्दा धेरै उग्र हुनुहुन्छ । उहाँले गर्ने हरेक कुरा सामाजिक सञ्जालमा देखाउनकै लागि हुन्छन्। देखावटी कुरा धेरै गर्नुहुन्छ ।

नमूना ‘बा’ पार्टीकाे खुब् विराेध गर्छिन् । भन्छिन्- ओली कम्पनी लिमिटेडका दासहरूलाई तह लगाउन नमूनालाई मन्त्री नियुक्त गर सरकार !

टिप्पणीहरू