देशका दुई हजार बढी विद्यालयमा ‘आईसीटी ल्याब’ स्थापना गरिने

देशका दुई हजार बढी विद्यालयमा ‘आईसीटी ल्याब’ स्थापना गरिने

सरकारले दुई हजार बढी विद्यालयहरुमा ‘आईसिटी ल्याब’ स्थापना गर्ने भएको छ ।

सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि सरकारले दुई हजार ३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरेको हो । शिक्षा पत्रकार समूहले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तिन वर्षभित्र देशभरका सबै विद्यालयहरुमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको बताउनुभयो ।

‘२३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरेका छौं । यसको प्रक्रिया छिट्टै अघि बढछ । क्रमशः ३ वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयहरुमा त्यसलाई निर्माण गरिनेछ’, उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरुको नयाँ दरबन्दीको व्यवस्था गर्नुपरेको पनि सुनाउनुभयो।

टिप्पणीहरू