एमसीसीबारे माधव नेपाल पाँच बजे बोल्ने
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे आजै निर्णयमा पुग्ने बताउनुभएको छ ।
आज अपरान्ह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि नेता नेपालले एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा बिहीबार ५ बजे निर्णयमा पुग्ने बताउनुभएको हो ।
सञ्चारकर्मीले एमसीसी के गर्नुहुन्छ भनेर जिज्ञासा राखेपछि उहाँले भन्नुभयो, ‘आजै ५ बजे बस्ने गठबन्धनको बैठकमा निर्णयमा पुग्छौँ ।’
टिप्पणीहरू