देउवालाई ‘प्रेसर’ दिन कांग्रेसभित्र खेल्दै ओली
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्न मसक्कै आँटेर लागेपछि पाँचदलीय गठबन्धन संकटमा परेको छ । काँग्रेसबाहेक अरु दल संशोधन बिना एमसीसी पास गर्न तयार नभएपछि अब गठबन्धन जोगिने सम्भावना न्यून बन्दै गएको बताउन थालिएको छ ।
एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विवाद छ भने प्रतिपक्ष एमालेले ढडिया थापेर बसेको छ । कांग्रेस एमसीसीको पक्षमा प्रष्ट उभिँदा गठबन्धनका अन्य दल विपक्षमा छन् । तर,विगतमा एमसीसीको पक्षमा उभिएको प्रमुख प्रतिपक्ष एमालेले अहिले भने धारणा सार्वजनिक गरेको छैन ।
यसैबीच,सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा जुटेका छन् । आजको बैठक नै गठबन्धनको अन्तिम बैठक हुने चर्चासमेत चलेको थियो । तर,बालुवाटार स्रोतले भने एमसीसीबारे थप छलफल गर्ने र अमेरिकाले तोकेको समय फागुन १६ भित्र काङ्ग्रेसले एमसिसी टेबल गर्ने गरी नेताहरुबीच सहमति जुट्ने सम्भावनाको संकेत गरेको छ ।
“देउवाइतर खेमाका नेतालाई बोलाएर ओलीले पालैपालो छलफल गरेपछि काँग्रेसको संस्थापन खेमा भने सशंकित छ । ओलीले आफ्नो पार्टीमा खेल्न खोजेको देउवानिकट एक नेताले आरोप लगाए ।”
‘अमेरिकाले दिएको डेडलाइनभित्र एमसीसी संसदमा दर्ता हुन्छ, तर आजै भोलि नै भन्ने होइन’, कांग्रेसका एक नेताले भनेका छन् । त्यतिन्जेल गठबन्धनमै सहमति खोज्ने गरी आजको छलफलमा शीर्ष नेताहरु सहमत भएको उनको अनुमान छ ।
गठबन्धनको बैठकअघि आजै दिउँसो प्रधानमन्त्रीले क्याबिनेट बैठक राखेपछि धेरैले गठबन्धन आजै टुट्ने आशंका गरेका थिए । त्यसो त, प्रधानमन्त्री देउवाले गठबन्धनका नेतासँग बस्नुअघि निकट कानुनविद र पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गर्नुभएको छ । आज दिनभर कानुनमन्त्री दिलेन्द्र बडूले बालुवाटार छोड्नुभएको थिएन ।
यता, गठबन्धनमा गडबडी बढेपछि प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीको सक्रियता पनि बढेको छ । सभामुखमाथि महाभियोग लगाउन र गठबन्धन तोड्न काँग्रेस तयार भए एमसीसी पास गर्न सघाउने आश्वासन दिनुभएका ओलीले आज कांग्रेस नेता डा. मीनेन्द्र रिजाललाई बोलाएर घरमै भेट्नुभएको छ । रिजाल आज बिहान बालकोट पुग्नुभएको थियो ।
यसअघि आइतबार साँझ ओलीले काँग्रेस नेता बिमलेन्द्र निधिलाई पनि निवासमै बोलाएर भेट्नुभयो । अबेर साँझ ओली निवास छिर्नुभएका निधि राति दश बजे त्यहाँबाट बाहिरिनुभएको थियो ।
ओली अहिले आफ्ना नेताहरुलाई समय कम दिने तर अरु पार्टीकालाई तान्ने र नाडी छाम्नेमा केन्द्रित हुनुभएको देखिन्छ । उहाँले यसैगरी देउवासङ्ग सभापतिका प्रत्यासी डा.शेखर कोइरालालाई बेलुका बालकोट बोलाएर ४ घण्टासम्म कुरा गर्नुभएको थियो ।
देउवाइतर खेमाका नेतालाई बोलाएर ओलीले पालैपालो छलफल गरेपछि काँग्रेसको संस्थापन खेमा भने सशंकित छ । ओलीले आफ्नो पार्टीमा खेल्न खोजेको देउवानिकट एक नेताले आरोप लगाए । कांग्रेसकै कतिपय नेताहरु भने अरु पार्टी छोडेर एमालेसँग मिले देउवालाई एमसीसी पास गर्न सहज हुने सन्देश दिन ओलीले यस्ता भेटघाट गरेको विश्लेषण सुनाउँछन् ।
टिप्पणीहरू