एमसीसीका लागि ओलीलाई फकाउँदै डा.भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेका छन् । आज एक सञ्चारकर्मीलाई अन्तर्वार्ता दिँदै उनले अध्यक्ष ओली बोलीमा पक्का भएको बताए ।
भट्टराईले भने, “ओलीजीको मन पर्ने कुरा उहाँले आँटेपछि गर्नुहुन्छ, दोहोरो कुरा गर्नुहुन्न,हुन्छ भने हुन्छ, हुन्न भने हुन्न,उहाँ बोलीको पक्का हुनुहुन्छ । ’
कुनै समय ओलीलाई भष्मासुर उपनाम दिएर विरोधमा उत्रिएका डा. भट्टराई आज एमसीसी पासको लागि ओलीलाई फकाइरहेका छन् । अध्यक्ष ओलीले संसद विघटन गर्दां सबैभन्दा बढी विरोध गर्ने नेता डा. भट्टराई नै हुन् । उनलाई प्रधानमन्त्रीको पदबाट हटाउन प्रमुख भूमिका खेलेका डा. भट्टराई आज एकाएक प्रशंसामा उत्रनुलाई आश्चर्यजनक रूपमा लिइएको छ ।
भट्टराईले भने, “ओलीजीको मन पर्ने कुरा उहाँले आँटेपछि गर्नुहुन्छ, दोहोरो कुरा गर्नुहुन्न,हुन्छ भने हुन्छ, हुन्न भने हुन्न,उहाँ बोलीको पक्का हुनुहुन्छ । ’
नेताहरुको बोली फेरिनु कुनै नयाँ कुरा नभएपनि उनको यो ओलीप्रतिको लगावले थप राजनीतिक तरंग फैलिने आशंका गरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी यथाशीघ्र संसदमा पेश गर्न नहुने भन्दै सत्तामा सहभागी काँग्रेस र जसपाका डा. भट्टराईबाहेक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसहितका नेताहरु विपक्षमा रहेका छन् ।
अमेरिकी परियोजनाको बारेमा सधैं सकारात्मक सन्देश फैलाउँदै आएका भट्टराई यसलाई संसदमा चाँडो पेश गर्ने पक्षमा छन् । त्यसकै कारण उनी ओलीलाई फकाएर एमसीसी संसदमा टेबुल होस् भन्ने चाहन्छन् ।
सत्ता विपक्षमा रहेका ओलीप्रति सकारात्मक देखिएका डा. भट्टराईले भने सत्तामा सहभागी प्रचण्डलाई ढुलमुले व्यवहार भएको आरोप लगाए । उनले प्रचण्ड आफ्नो फाइदा जता हुन्छ उतै जाने नेता भएको दाबी गरे । पछिल्लो समय प्रचण्डले एमसीसीप्रति देखाएको व्यवहारले देश संकटमा पर्ने उनको भनाइ छ ।
नेपाली जनताको इच्छा विपरित डा. भट्टराईले अमेरिकाको पक्षमा आवाज उठाउने गरेको केही नेताको आरोप छ ।
टिप्पणीहरू