‘सुनौला हजार दिन’ आमाहरुलाई पोषण सम्बन्धी सचेतना र सामाग्री वितरण

‘सुनौला हजार दिन’ आमाहरुलाई पोषण सम्बन्धी सचेतना र सामाग्री वितरण

पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडामा सुनौलो हजार दिने आमाहरुलाई पोषण सम्बन्धी सामाग्री वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

फाल्गुनन्द १,नवमीडाँडामा रहेका सुनौलो हजार दिने आमाहरुलाई पोषणयुक्त खानाहरु चना, हरियो सागसब्जी,आयोडिन नुन, तेल तथा सरसफाइको लागि साबुन वितरण गरिनुको साथै पोषण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्न्न भएको हो ।

३ दिनसम्म नवमीडाँडाका बेग्लाबेग्लै स्थानमा केन्द्र बनाएर सञ्चालन गरिएको उक्त कार्यक्रममा साविकका ९ वटै वडाका १ सय ४७ जना सुनौलोहजार दिने आमाहरुको सहभागिता रहेको स्वास्थ्य चौकी नवमीडाँडाका इन्चार्ज कुवेर आङ्देम्बेले जानकारी दिए ।

कार्यक्रममा फाल्गुनन्द १ का प्रतिनिधिहरु,स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक प्रतिनिधिहरु,स्वास्थ्य स्वयम सेविकाहरु लगायतको उपस्थितीमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं.१ को आर्थिक सहयोगमा स्वास्थ्य चौकी नवमीडाँडाले आयोजना गरेको थियो । मातृशिशु पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण योजना अन्तर्गत सरकारले ‘सुनौला हजार दिन’ कार्यक्रम संचालनमा ल्याएको छ ।

शिशु गर्भमा रहेदेखि जन्मेको दुई बर्ष सम्मको अवधिलाई सुनौलो हजार दिन भनिएको हो । अझै पनि आमा तथा बालबालिकाको मृत्युको मुख्य कारण कुपोषण भएकाले उक्त योजनाले आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने लक्ष्य राखेको छ ।

टिप्पणीहरू