रुपन्देहीबाट दुई बालबालिका टिपेर खेमबहादुर गायब

रुपन्देहीबाट दुई बालबालिका टिपेर खेमबहादुर गायब

रुपन्देहीको सैनामैनाबाट दुई जना बालबालिका हराएका छन् । एकै घरका दाजुबहिनी हिजो बिहानबाट हराएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक युवाले उनीहरुलाई ललाईफकाई लगेका हुन् । सैनामैनाको वडा नम्बर ६ बस्ने प्रेम दहालका छोरा १२ बर्षीय प्रसिध्द दहाल र उनकी बहिनी ९ बर्षीय प्रसन्न दहाललाई सोही नगरपालिका वडा नम्बर ५ स्थित गुनाखर होटेलपछाडि बस्ने ३५ बर्षीय खेमबहादुर पौडेल क्षेत्रीले लिएर गएका हुन् ।

इलाका प्रहरी कार्यालय रन्यैरा मुर्गियाले दिएको जानकारीअनुसार दाजुबहिनी बिहान साढे ९ बजेबाट हराएका हुन् । खोजी कार्य भइरहेको छ । साथै,हराएका बालबालिकालाई कतै देखेमा प्रहरीमा खबर गरिदिन आग्रह गरिएको छ । रन्यौरा प्रहरीले पनि बालबालिकालाई देखेमा ९८५७०९०७७७ मा जानकारी गराउन भनेको छ ।

टिप्पणीहरू