पाँचथरमा थपिए १६ हजार बढी मतदाता
पाँचथर जिल्लामा १६ हजार एक सय ४१ नयाँ मतदाता थपिएका छन् । जिल्लाका स्थानीय तहमै पुगेर निर्वाचन कार्यालय पाँचथरले मतदाता नामावली संकलन गरेपछिको प्रारम्भिक तथ्याङ अनुसार पछिल्लो पटक त्यतिको मतदाता थपिएका हुन् । पछिल्लो तथ्याङक अनुसार जिल्लामा एक लाख ४१ हजार ३ सय ६२ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथरमा २०७४ सालमा एक लाख २५ हजार २ सय २१ जना मतदाता थिए ।
जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन अभियान र जिल्ला प्रशासन कार्यालयलय मार्फत निरन्तर दर्ता भएका नामावलीले उक्त परिणाम ल्याएको हो ।
थपिएका मतदातामा सवै भन्दा बढि फिदिम नगरपालिकामा ४ हजार ९ सय ३ नयाँ मतदाता थपिएका छन भने सवै भन्दा कम तुम्बेवा गाउँपालिकामा ५ सय ५७ मतदाता थपिएका छन ।
त्यस्तै मिक्लाजुङ गाउँपालिकामा एक हजार ८ सय ३३, फाल्गुनन्द गाउँपालिकामा २ हजार ९ सय ७०, कुम्मायक गाउँपालिकामा एक हजार एक सय ५९ जना, फालेलुङ गाउँपालिकामा, २ हजार ४ जना, याङवरक गाउँपालिकामा एक हजार ६ सय ८० र हिहिहाङ गाउँपालिकामा एक हजार ८ सय ४५ जना नयाँ मतदाता थपिएका छन ।
यो प्रारम्भिक तथ्याङक मात्र रहेको र अद्यावधिक गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालका प्रमुख कुमारप्रसाद भट्टराईले बताए ।
टिप्पणीहरू