एक हजार जनाले भोलि चरा गणना गर्ने

एक हजार जनाले भोलि चरा गणना गर्ने

भोलि कञ्चनपुरसहित मुलुकका ६६ जिल्लामा ‘चरा एप’को माध्यमबाट चरा गणना गरिने भएको छ । नेपाल पक्षी संरक्षण संघले पहिलोपटक एपमार्फत चरा गणना गर्न लागेको हो । स्वयंसेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागिएको संघले बताएको छ ।

‘छिमेकी चरा मोबाइल एप’ डाउनलोड गरेर आफ्नो घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरिनेछ । त्यसपछि स्वंयसेवकहरुले गणना सूची पेश गर्नुपर्नेछ । पहिलो चरणको गणना गर्न भोलि आधा घण्टा जति लाग्ने अनुमान गरिएको छ । त्यसको नतिजा विश्लेषण गरी दोस्रो चरणमा कुन–कुन महिनामा चरा गणनाको कार्य गर्ने भन्नेबारे छनोट हुन्छ ।

चरा गणनाका लागि एक हजार बढी स्वयंसेवक परिचालन गरिने बताइएको छ । यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीललाई मात्रै समावेश गरिँदै आएकामा यसपटक स्थानीय बासिन्दालाई समेत समावेश गरिएको छ । चराको महत्व बढाउन संघले यो कार्य गर्दै आएको छ ।

टिप्पणीहरू