आजको कार्यव्यवस्थामा पनि एमाले गएन

आजको कार्यव्यवस्थामा पनि एमाले गएन

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकपूर्व अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक जारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषयमा सभामुख सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको हो । बैठकमा प्रमुख प्रतिपक्ष एमाले भने सहभागी छैन ।

टिप्पणीहरू