एमाले कराउँदा संसद बैठक फेरि स्थगित
एमाले सांसदको नाराबाजीका कारण आजको प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । बैठक शुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउनु भएको थियो ।
सभामुखले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्न समय दिनुभएको थियो । मन्त्री बडूले प्रतिवेदन बैठकसमक्ष पेश गरेपछि सभामुख सापकाेटाले आउँदाे आइतबार दिउँसाे १ बजे बस्ने गरी बैठक स्थगित गरेकाे जानकारी दिनुभयो ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लगातार एमाले सांसदले संसदमा नाराबाजी गर्दै आएका छन् ।
टिप्पणीहरू