डेढ् सय नकटी रोकिन्न पेट्रोलको भाउ
नेपाल आयल निगमले गए रातिदेखि फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ४५ रुपैयाँ र डिजेल र मट्टितेल १ सय २८ रुपैयाँ भएको छ ।
त्यसैगरी हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटिर १ सय १६ रुपैयाँ र वाह्यतर्फ अमेरिकी डलर १ दशमलव ९५ पुर्याइएको छ । खाना पकाउने ग्यासको मूल्य १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।
निगमले जति भाउ बढाए पनि घाटा बढिरहेको विवरणसमेत सार्वजनिक गरेको छ । तर,पछिल्लो मूल्यको आधारमा नेपालमा पेट्रोलको भाउ हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्य र अमेरिकी डलरसँगको विनिमयदर समेत उच्च भएकाले तेलको भाउ अझै बढ्ने निगम स्रोतले बताएको छ ।
यहि प्रवृत्ति कायम रहे आगामी छ महिनाभित्र पेट्रोलको भाउ कम्तीमा १ सय ६० रुपैयाँ पुग्ने निश्चित रहेको बताइन्छ । सोही अनुपातमा अन्य पदार्थको भाउमा समेत बृध्दि हुने निश्चित छ ।

टिप्पणीहरू