चिनियाँ सेनाका कारण आफ्नो विमान बालबाल जोगिएको अष्ट्रेलियाको दाबी

चिनियाँ सेनाका कारण आफ्नो विमान बालबाल जोगिएको अष्ट्रेलियाको दाबी

अष्ट्रेलियाले चिनियाँ जल सेनाका कारण आफ्नो उडिरहेको एउटा विमान झण्डै दुर्घटनामा परेको आरोप लगाएको छ । त्यहाँको रक्षा विभागका अनुसार चिनियाँ जल सेनाको एउटा जहाजले निगरानी गर्ने क्रममा अष्ट्रेलियाको उडिरहेको विमानमा लेजर प्रकाश देखाएको थियो ।

‘त्यसरी लेजर देखाउँदा चालक दलको ज्यान जोखिममा परेको थियो,’अष्ट्रेलियाले दाबी गरेको छ । यो घटना गत बिहीबार भएको हो । जसमा उडिरहेको पोसेडोन विमानलाई लेजर प्रकाशले अप्ठेरो पारिएको अस्ट्रेलियाको दाबी छ ।

यसबारे चिनियाँ पक्षले हालसम्म केही बताएको छैन ।

टिप्पणीहरू