कर्णालीका प्रथम मुख्यमन्त्री रंगशालामा
कर्णाली प्रदेशका पुराना मुख्यमन्त्री महेन्द्रबहादुर शाही कर्णाली प्रदेश सरकारको गौरवको आयोजना हेर्न निर्माणाधीन प्रदेश रंगशाला पुग्नुभएको छ ।
शनिवार अबेर निरीक्षण गर्दै शाहीले प्रदेश सरकारको एक मात्र गौरवको आयोजना भएकोले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । समयमै काम गर्न नसक्दा निर्माण कम्पनीहरुले विश्वास टुटाएको भन्दै उहाँले रंगाशालाको काम गरिरहेको कम्पनीबाट त्यस्तो नहुनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।
‘जति सक्यो छिटो काम सक्नेतिर लाग्नु होला । काम गर्ने तरिका नेपाली मोडेलभन्दा चाइनिज मोडेलबाट हुनुपर्यो,’मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘दिनको यति घण्टा काम गर्नेभन्दा पनि दिनमा कति आउटपुट दिन सक्यौ भन्नेतिर लाग्नुहोला ।’
निरीक्षणका क्रममा कर्णाली खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सन्ज्याल र परिषदका कर्णाली प्रदेश सदस्य टक्कबहादुर शाही ‘आजीवन’ पनि सहभागी थिए । सदस्य सचिव सन्ज्यालले आफू रंगशालाको काम नरोकिने गरी अगाडि बढाउनको लागि निर्माण कम्पनीसँग निरन्तर समन्वयमा रहेको शाहीलाई जानकारी दिएका थिए ।
निर्माण कम्पनीले भने ६ महिनाको समय डिजाइनका लागि लागेकाले अब भौतिक संरचनाको काम शुरु हुने बताएको छ ।
टिप्पणीहरू