कुलमानले कर्यापकुरुप पारेर उठाए करोडौं
नेपाल विद्युत प्राधिकरण सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्था बनेको छ । गत वर्ष ६ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा झण्डै १२ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको हो ।
विद्युत चुहावटमा नियन्त्रण,भारतर्फ विद्युत निर्यातको परिमाणमा भएको बृध्दि,विद्युत आयातमा कमी लगायत अन्य आयमा भएको बृध्दिका कारण चालु आवको पहिलो छ महिनामा प्राधिकरणले उल्लेखनीय नाफा आर्जन गरेको बताइएको छ ।
सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम,४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसँगको सस्तोमा विद्युत खरिद दरले पनि नाफा बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभएको छ ।
ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकारसँग लिइएको ८१ अर्ब ८१ करोड छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ ।
‘पुसबाट लागु हुने गरी उपभोक्ता महसुल समायोजन गरिएको छ, यसबाट चालू आर्थिक वर्षको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्न सक्छ । तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनमा कडाइ गरी नाफालाई १५ अर्ब रुपैयाँ कटाउने लक्ष्यका साथ काम गरिरहेका छौं,’ घिसिङले उल्लेख गर्नुभएको छ ।
प्राधिकरणले चालु आवको पहिलो छ महिनामा ४७ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । त्योमध्ये ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी विद्युत बिक्रीबाट हुने गरेको छ भने खर्च विभिन्न सामान खरिदमा हुने गरेको बताइएको छ ।
हालसम्म प्राधिकरणले विदेशी दातृ निकायहरुसँग लिएको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकारसँग लिइएको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोड छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ ।
यसअघि आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरणले त्यसपछिका वर्षहरुमा भने निरन्तर नाफा गरेको छ ।
टिप्पणीहरू