बानेश्वरमा चल्यो सरकारी रबर बुलेट

बानेश्वरमा चल्यो सरकारी रबर बुलेट

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विरोधमा भएको आन्दोलनमा प्रहरीले रबरको गोली चलाएको छ । प्रहरीले बानेश्वर क्षेत्रमा प्रदर्शनकारीलाई ताकेर गोली चलाएको हो ।

केही दिनदेखि एमसीसीविरुद्ध आन्दोलन गरिरहेका विभिन्न राजनीतिक दल,दलका भातृ संगठन र संघसंस्थाहरुले आज पनि प्रदर्शन गरेका थिए

सरकारले एमसीसी सम्झौता संसदमा टेबल गर्ने भएपछि बिहानैदेखि संसद भवन रहेको बानेश्वर क्षेत्रमा प्रदर्शनकारीहरुले विरोध केन्द्रित गरेका हुन् ।प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । यसअघि प्रहरीले पानीको फोहरा र अश्रुग्यास पनि प्रहार गरेको थियो । अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त रहेको छ ।

टिप्पणीहरू