आज संक्रमण र मृत्युदर दुबै घट्यो

आज संक्रमण र मृत्युदर दुबै घट्यो

गत २४ घण्टामा मुलुकभर दुई सय ६२ जना कोरोना संक्रमित भेटिएका छन् । नौ हजार आठ सय १५ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा एक हजार तीन सय ३८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९७ दशमलव ५ प्रतिशत रहेको छ । मुलुकभर अझै १२ हजार दुई सय ४४ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ९३ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा ८० जना छन् । भक्तपुरमा एक र ललितपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा सक्रिय संक्रमितको संख्या दुई हजार आठ सय ९४ पुगेको छ । भक्तपुरमा चार हजार ४५ र ललितपुरमा एक हजार चार सय ६७ जना सक्रिय संक्रमित छन् ।

आज चार जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ५५ जना युवायुवती छन् भने १६ जना किशोरकिशोरी हुन् । त्यस्तै, ११ वर्षमुनिका तीन जना र २६ जना वृद्धवृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू