सुन्दरीहरु आकाशमा पनि असुरक्षित

सुन्दरीहरु आकाशमा पनि असुरक्षित

बलिउड अभिनेत्री सञ्जना सांघीले अमेरिकन एयरलाइन्समाथि आक्रोश पोखेकी छन् ।

उनले अमेरिकन एयरलाइन्सका चालक दलका एक जना सदस्यले उडानको क्रममा आफूलाई दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेकी हुन् ।

अभिनेत्री सांघीले सामाजिक सञ्जालमा हालै सेयर गरेको एक पोष्टमा उडिरहेको विमानभित्र आफूले शर्मनाक व्यवहार भोग्नुपरेको बताएकी छन् । उनकाअनुसार नयाँ दिल्लीबाट न्यूयोर्क जाँदै गर्दा अमेरिकन एयरलाइन्सका चालक दलका एक सदस्यले दुव्र्यवहार गरेका हुन् ।

घटनाको स्मरण गर्दै उनले खराब व्यवहारका लागि एयरलाइन्सले आफूसँग माफी माग्नुपर्ने बताएकी छन् । उनले लेखेकी छिन्, ‘हालै म दिल्लीबाट जोन एफ केनेडी इन्टरनेशनल एयरपोर्टतर्फ अमेरिकन एयरलाइन्समा जाँदै थिएँ । त्यस क्रममा चालक दलका एक सदस्यले मलाई धेरै पटक दुव्र्यवहार गरे । आशा गर्छु कि भविश्यमा अन्य यात्रुलाई यस्तो नराम्रो नहोस् ।’

सांघीले उक्त पोष्टलाई अमेरिकन एयरलाइन्स र त्यसका सीईओलाई ट्याग गरेकी छन् । सांघीको उक्त पोष्टबारे अहिलेसम्म विमान कम्पनीको तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया भने आएको छैन । कतिपयले विमानभित्र भएको दुव्र्यवहारबारे उडानको क्रममा उल्लेख गर्नुपर्नेमा उनले पछि मात्रै सामाजिक सञ्जालमा लेख्नुलाई शंकाको दृष्टिकोणले पनि हेरेको बताइन्छ ।

टिप्पणीहरू