९५ वर्षीया महारानीलाई पनि कोरोना संक्रमण

९५ वर्षीया महारानीलाई पनि कोरोना संक्रमण

बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कोभिडको सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण देखिएको हो ।

९५ वर्षीया महारानीका छोरा युवराज चार्ल्सलाई अघिल्लो साता कोरोना संक्रमण देखिएको थियो । युवराज र महारानीबीच संक्रमण पुष्टि हुनुअघि भेट भएकाले आशंका गरिएको थियो । अहिले उक्त आशंका पुष्टि भएको त्यहाँको राजदरबार बकिङघम प्यालेसले पुष्टि गरेको छ ।

राजदरबारले हिजो जारी गरेको सूचनामा भनिएको छ, ‘महारानीलाई हल्का लक्षणसहित कोभिड संक्रमण पुष्टि भएको छ । उहाँको निरन्तर स्वास्थ्य उपचार भइरहने र कोभिडजन्य नियमका सबै आवश्यक निर्देशनहरू पालना गर्नुहुनेछ ।’

टिप्पणीहरू