आगामी चुनावमा प्रतिस्पर्धा गर्न १० दल थपिए

आगामी चुनावमा प्रतिस्पर्धा गर्न १० दल थपिए

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुन नयाँ १० राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता भएका छन् ।

दर्ता भएका नयाँ पार्टीमा जनमत पार्टी, मंगोल नेशनल अर्गानाईजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी हुन् ।

‘आयोगमा हालसम्म दर्ता भएका राजनीतिक दलहरुको संख्या १ सय ९ पुगेको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले यही फागुन ५ गते १० दिनको समयसीमा तोकेर दल दर्ताको लागि आह्वान गरेको छ । सोहीअनुसार धमाधम दल दर्ता हुन थालेका हुन् ।

टिप्पणीहरू