ब्राउनसुगर बोक्नेले पर्यटक भित्र्याउने ?

ब्राउनसुगर बोक्नेले पर्यटक भित्र्याउने ?

लागुऔषध मुद्दामा सजाय भुक्तान गरेका व्यक्ति नेपाल पर्यटन बोर्डको सदस्य बनेका छन् । सरकारले त्यस्तो मुद्दामा सजाय भुक्तान गरेका टासी लामालाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

उनी २०६७ सालमा ब्राउन सुगरसहित दरबारमार्गको अन्नपूर्ण कफी शपबाट रंगेहात पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका अखिलका तत्कालीन कोषाध्यक्ष तथा हाल एकीकृत समाजवादी काभ्रेका सचिव दीपक गौतम निर्दोष भएका कारण तत्काल रिहा भएका थिए । तर, लामालाई भने जेल चलान गरिएको थियो ।

अदालतको आदेशबमोजिम जेल सजाय भुक्तान गरेका उनै लामालाई अहिले सरकारले बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

टिप्पणीहरू