अदालतले लाहुरेलाई छुटायो, अरु जेल गए
लाहुरे उपनामले चिनिने र्यापर आशिष रानालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काँस्कीले आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले आज सो आदेश दिएको हो ।
लागूपदार्थ प्रयोग तथा कारोबारको अभियोगमा प्रहरीले गत पुस १४ गते लाहुरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै हिरासतमा राखेको थियो ।
आज जिल्ला अदालत काँस्कीले उनलाई ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो । अन्य तीन जनालाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
टिप्पणीहरू