समाजवादीका शीर्ष नेता फेरी जुटे, भोलिका लागि ठोस निर्णय लिने
नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरु छलफलमा जुटेका छन् । भोलिको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न आज दिउँसो केन्द्रीय कार्यालयको बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।
पार्टीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार बैठक दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गरेको उनले जानकारी दिए ।
आज शीर्ष नेताको छलफलपछि भोलि बिहान संसदीय दलको बैठक बोलाउने एकीकृत समाजवादीको तयारी छ । एमसीसीलाई लिएर एकीकृत समाजवादीमा दुई धार भएको भनिएका बेला समान धारणा बनाउन बैठक बोलाएको नेताहरुले बताएका छन् ।
एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी नगर्ने तयारी गरेको चर्चा पनि छ ।
टिप्पणीहरू