एमसीसीको विरोधमा न्युरोडबाट र्‍याली निस्कियो

एमसीसीको विरोधमा न्युरोडबाट  र्‍याली निस्कियो

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विरोधमा काठमाडौँमा र्‍याली निकालिएको छ ।

एमसीसी खारेज संयुक्त अभियानको आयोजनामा न्युरोडस्थित भूगोल पार्कबाट र्‍याली निकालिएको हो । र्‍यालीमा संयुक्त अभियानका संयोजक नारायण शर्मा, ‘साम्राज्यवाद विरोध’का अध्यक्ष नरेन्द्रजंग पिटरलगायत झण्डै पाँच दर्जनको उपस्थिति रहेको छ । प्रर्दशनका क्रममा एमसीसी खारेजीको माग गर्दै नारावाजी भएको छ ।

‘साम्राज्यवादी हस्तक्षपको प्रतिरोध गरौँ’, ‘राष्ट्रिय स्वाधीनताको रक्षा गर’, ‘एमसीसी चाहिदैंन, देश बेच्न पाइदैन्’, ‘गो व्याक एमसीसी’ लेखिएका प्लेकार्ड र ब्यानरसहित निस्किएको र्‍याली न्युरोड, जुद्वशालिक, इन्द्रचोक, असन, भोटाहिटी, शान्तिवाटिका हुँदै रत्नपार्क पुगेर सांस्कृतिक कार्यक्रम गरी समापन हुने बताइएको छ ।

टिप्पणीहरू