एमसीसीको नाममा प्रतिक्रान्तिकारीहरु जुर्मुराएको प्रचण्डको दाबी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि पुरानै सत्ता उल्ट्याउन षड्यन्त्र भइरहेको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले त्यसलाई क्रान्ति र प्रतिक्रान्तिबीचको संघर्ष पनि भन्नुभएको छ । त्यस्ता षड्यन्त्रको प्रपन्च चिरेर क्रान्तिकारीहरु विजयी हुने पनि उहाँको दाबी छ ।
‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन्, अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ’, प्रचण्डले भन्नुभएको छ, ‘उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’
विवादका बीच प्रतिनिधिसभामा दर्ता भएको एमसीसी सम्झौता अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष एमालेको समर्थन खोजिरहेका बेला प्रचण्डको पछिल्लो धारणा आएको हो । यसले सत्तारुढ पाँच दलीय गठबन्धन चरम संकटमा परेको संकेत गरेको छ ।
सत्ता गठबन्धनका चार दल एमसीसीको विपक्षमा हुँदा सरकारको नेतृत्व गरेको दल कांग्रेस हरहालतमा पास गर्ने कसरतमा छ । काँग्रेसका नेताहरु एमसीसीको पक्ष-विपक्षमा नखुलेको एमालेको समर्थन खोज्न दौडधुप गरिरहेका छन् ।
टिप्पणीहरू