संसदको सम्भावित कार्यसूचीमा चढ्यो एमसीसी
प्रतिनिधिसभाको भोलिको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले आज सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको हो ।
कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख छ ।
टिप्पणीहरू