बानेश्वरको भिडन्तमा प्रदर्शनकारीको टाउको फुट्यो,ट्रमा सेन्टर रिफर

बानेश्वरको भिडन्तमा प्रदर्शनकारीको टाउको फुट्यो,ट्रमा सेन्टर रिफर

एमसीसी सम्झौता अनुमोदनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरीले रबरको गोली हान्दा एक जनाको टाउको कुच्चिएको छ । गोली लागेको दाहिने कञ्चटमा गहिरो घाउ लागेको छ ।

घाइते वर्ष २८ का हेमराज अवस्थी हुन् । उनी केहीबेर अघि बुध्दनगरको झडपमा घाइते भएका हुन् । तत्काल नजिकैको अन्नपूर्ण न्युरो अस्पताल लगिएकोमा थप उपचारको लागि वीर अस्पतालको ट्रमा सेन्टर रिफर गरिएको छ ।

पहिले बानेश्वरको एभरेष्ट अस्पताल लगिएका उनलाई पछि न्युरो अस्पताल पुर्याइएको हो । त्यहाँबाट पनि गम्भीर अवस्थाका घाइतेलाई ट्रमा रिफर गरिएको बताइएको छ ।

यसैबीच आजको भिडन्तमा एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकसहित प्रदर्शनकारी केदार शिवाकोटी पनि घाइते भएका छन् ।

टिप्पणीहरू