एमसीसीको पोलमा विप्लवको प्रहार

एमसीसीको पोलमा विप्लवको प्रहार

अमेरिकी सहायता परियोजना एमसिसीलाई संसदले पारित गर्छ कि गर्दैन, त्यो अर्को कुरा । तर, सोही परियोजना सञ्चालनका लागि तनहुँमा छुट्टयाइएको जमिन भने कब्जामा पर्ने भइसकेको छ । र, यसैसँग जोडिएका केही भारतीय नागरिकले हजार दरको नक्कली नेपाली नोट छर्दै हिँडेको अर्को सूचना छ ।

तनहुँको व्यास नगरपालिका– ३ (काठमाडौंबाट दमौली नपुग्दै) मा एमसिसी परियोजनाअन्तर्गत विद्युत प्रशारण लाइन व्यवस्थित गर्न विद्युत प्राधिकरणले जग्गा अधिग्रहण गरिसकेको छ । त्यहाँ सम्झौताबमोजिमका काममा एमसिसी र विद्युत प्राधिकरणले मिलेर गर्दैछन् । त्यहाँबाट १ सय ९७ विद्युत् प्रशारणका पोल नवलपुर पुर्याउने र बुटवल हुँदै भारतीय सीमावर्ती क्षेत्रसम्म लैजाने योजना छ ।

नेपालका ठुल्ठूला जलविद्युत परियोजनाहरू कालिगण्डकी, मध्यमस्र्याङ्दी, त्रिशुलीहरूबाट उत्पादित विद्युत तनहुँ ग्रिडमा जोडिने र त्यहाँबाट भारत निकासी हुने हो । त्यसका लागि विद्युत प्राधिकरणले जग्गा एकीकरण गरिसकेको छ । तर, त्यही जग्गामा नेकपाको विप्लव समूह र मोहन वैद्य नेतृत्वका क्रान्तिकारी माओवादीले १६ गतेभित्र राष्ट्रिय झण्डा गाडेर कब्जा गर्ने कार्यक्रम बनाएका छन् ।

प्रशारण टावर निर्माण गर्न थालेपछि ती टावरहरू पनि एनसेलकै टावरको शैलीमा ढालिँदैछन् । अर्कातिर स्थानीय ठेकेदारले काम नपाएको आक्रोश छ । परियोजनाको सम्पूर्ण ठेक्का भारतीय ठेकेदारले पाएकोमा स्थानीय र स्वदेशी ठेकेदार आक्रोशित भएका छन् ।

उता, म्याग्दीमा सञ्चालित रेसुंगा जलविद्युत आयोजनामा काम गर्ने केही भारतीय कामदारले नक्कली नोट वितरण गरेपछि बजारमा आतंक छ । भारतीय कम्पनी जेपीले ठेक्का लिएको उक्त परियोजनामा काम गर्ने फोरम्यानले नेपाली हजारको नोट दिँदै स्थानीय व्यक्तिहरूसँग घर जान खाँचो पर्या भनेर भारु साँटेका थिए ।

नोट साँटेर भारु जम्मा पारी ती कामदार स्वदेश फर्किसकेपछि नेपालीका हातबाट नक्कली नोट बरामद हुन थालेको छ । हालै रिचार्ज कार्ड किन्दा स्थानीय मीरा चन्द नामक महिलाबाट नक्कली भारु बरामद भयो । त्योबाहेक चार–पाँच वटा नोट फेला परेको छ । भनिन्छ, विभिन्न स्थानबाट नेपाली नोट तीन चार करोड फेला परिसक्यो । नोट भारतमा छापिएका हुन्छन्, बरामद नेपालमा नेपालीबाटै हुने गरेको छ । अनि चुनाव पनि नजिकै आइसक्यो ।

टिप्पणीहरू