प्रधानमन्त्री निस्कने बितिक्कै बालकोटमा को को छिरे ?

प्रधानमन्त्री निस्कने बितिक्कै बालकोटमा को को छिरे ?

प्रधानमन्त्री शेरबहादुर देउवा विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उहाँको निवास, बालकोटमा भेटेर केही बेरअघि बालुवाटार फर्कनुभएको छ ।

एमसीसी सम्झौता अनुमोदन र विकसित राजनीतिक घटनाक्रमको बारेमा थप स्पष्ट हुन प्रधानमन्त्री देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापालाई लिएर त्यहाँ जानुभएको हो ।

प्रधानमन्त्रीसँगको भेटपछि एमाले नेताहरु अहिले राति बालकोट पुगेका छन् । हिजो दुई पटक भएको काँग्रेससँगको वार्ता सकारात्मक भएको निश्कर्ष निकालेका एमाले नेताहरु आज दिउँसोको राजनीतिक घटनाक्रमपछि केही हच्किएको बताइन्छ ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापतिसँग भएको पछिल्लो भेटवार्ताको निचोडबारे बुझ्न बालकोटमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल त्यहाँ पुगेको एमाले स्रोतको दाबी छ ।

टिप्पणीहरू