राष्ट्रपति एकछिनपछि कालोकोट लगाउनेहरुको सम्मेलनमा

राष्ट्रपति एकछिनपछि कालोकोट लगाउनेहरुको सम्मेलनमा

नेपाल बारको १५ औं राष्ट्रिय सम्मेलन आजबाट शुरु हुँदैछ । सम्मेलनको उद्घाटन अहिले बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

तीन दिनसम्म चल्ने सम्मेलनपछि बारको चुनाव आगामी चैत १९ गतेलाई तोकिएको छ । चुनावको निम्ति फागुन २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । चुनावी रणनीतिको लागि एमाले,नेकपा एकीकृत समाजवादी निकट संगठनहरुले वार्ता टोली गठन गरेका छन् ।

वकिलहरुको यो संगठनको स्थापना २००७ सालमा भएको हो । बारको सदस्य अहिले १० हजार बढी रहेको बताइन्छ । अन्य पेशामा आवध्दहरुले समेत सदस्यता ओगटेका कारण बारको सदस्यलाई शुध्दिकरण गरेर घटाउने योजना रहेको बुझिएको छ । विभिन्न सरकारी अड्डा,संस्थान र गैरसकारी संघ संगठनमा जागिर खाएकालाई अबदेखि सदस्यता नदिने योजनामा यस पटकको सम्मेलनले आवश्यक निर्णय गर्ने योजना छ भनिन्छ ।

बारका एक जना पदाधिकारीले भने,‘अब बारलाई साँच्चिकै प्रोफेसनलहरुको संगठन बनाउने योजनामा छौं ।’

टिप्पणीहरू