एमसीसीको विपक्षमा क-कसले मतदान गर्दै ?

एमसीसीको विपक्षमा क-कसले मतदान गर्दै ?

नेकपा (माओवादी केन्द्र) का दुई जना सांसदले एमसीसीको विपक्षमा मत दिने भएका छन् । सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा भोट हाल्ने भएका हुन् ।

सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले एमसीसीको व्याख्यात्मक प्रस्ताव ग्रहण गरेको छ । तर, सांसदद्वय पोखरेल र विशंखेले भने विपक्षमा मत दिने भएका हुन् । उनीहरु दुवै नारायणकाजी श्रेष्ठ समूहका हुन् ।

त्यस्तै,एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि मतदान प्रक्रियामा सहभागी नहुने बुझिएको छ । आज एमसीसी प्रस्तावको सैध्दान्तिक छलफलमा भाग लिने क्रममा उहाँले विपक्षमा मत दिन सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

टिप्पणीहरू