बनेपाको सडकमा शंकास्पद वस्तु, सडक अवरुध्द

बनेपाको सडकमा शंकास्पद वस्तु, सडक अवरुध्द

बनेपा पुलबजारको मुख्य सडकमा ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु भेटिएपछि सेनाले गएर हटाएको छ । बिष्फोटक पदार्थको आशंकामा अरनिको राजमार्ग वरिपरिका सडक क्षेत्र अवरुद्ध भएको छ ।

रातो कपडाले छोपेर राखेको पोको बाहिर नो एमसीसी लेखिएको छ । आज विप्लव नेतृत्वको नेकपालगायत छ कम्युनिष्ट पार्टी र दुई मोर्चाले नेपाल बन्द आह्वान गरेका छन् । सुरक्षा स्रोतले बन्द आह्वानकर्ताले त्रास फैलाउन उक्त कार्य गरेको आशंका गरेको छ ।

हिजो प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा उनीहरुले आज नेपाल बन्दको आह्वान गरेका हुन् ।

टिप्पणीहरू