युक्रेनमा विश्वकै ठूलो विमान जल्यो

युक्रेनमा विश्वकै ठूलो विमान जल्यो

रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति पुगेको छ । विश्वकै ठूलो जहाज मानिएको एएन–२२५ मिरियालाई रुसी सेनाले युक्रेनको राजधानी किभ नजिकै क्षति पुर्याएको त्यहाँका विदेशमन्त्री दिमित्रो कुलेवाले बताएका छन् ।

मस्कोले युक्रेनमाथि आक्रमण गरेको पाँचौं दिन कुलेबाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त खुलासा गरेका हुन् । उनले लेखेका छन्, ‘एएन–२२५ मिरिया संसारकै सबैभन्दा ठूलो विमान थियो ।’ मिरियाको अर्थ स्थानीय भाषामा ‘सपना’ हो ।

युक्रेनको एरोनटिक्स कम्पनी एन्टोनोभले निर्माण गरेको एएन–२२५ मिरियालाई विश्वकै सबैभन्दा ठूलो कार्गो जहाज मानिन्छ । रुसी सेनाको गोलाबारीपछि किभ बाहिरको हस्टोमेल एयरपोर्ट नजिकै उक्त जहाज जलेको हो ।

टिप्पणीहरू