अमेरिकी राजदूत प्रधानमन्त्री निवासमा
अमेरिकी राजदूत र्याण्डी बेरी केही बेरअघि प्रधानमन्त्री निवासबाट बाहिरिनुभएको छ । उहाँ क्याबिनेट बैठक बस्नुअघि दिवाभोजन सकेर २ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाटको लागि त्यहाँ पुग्नुभएको हो ।
हिजो राति संसदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गरेपछि राजदूत बेरी प्रधानमन्त्रीसँग भेटवार्ता गर्न जानुभएको हो ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासले हिजै राति विज्ञप्ति जारी गरेर संसदले सम्झौता अनुमोदन गरेकोमा एमसीसी कार्यान्वयनको चरणमा प्रवेश गरेको बताएको थियो ।
टिप्पणीहरू