एमसीसी पास भएको भोलिपल्टै सत्ता गठबन्धन फुट्यो

एमसीसी पास भएको भोलिपल्टै सत्ता गठबन्धन फुट्यो

राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ । सरकारको प्रस्तावमा हिजो प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएपछि उसले सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।

आज बसेको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो । ‘राष्ट्रघाती एमसीसी अनुमोदन गरेपछि आज बसेको पार्टीको सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरिएको हो,’ उहाँले भन्नुभयो ।

पछिल्लो समय गठबन्धन बैठकमा आफूहरुलाई सहभागी नगराएको गुनासो गर्दै आएको राष्ट्रिय जनमोर्चा अन्ततः गठबन्धनबाट बाहिरिएको छ । हिजो बसेको प्रतिनिधिसभा बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणपत्र जारी गरेर एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

तर, एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधान नेपालको राष्ट्रिय सुरक्षा र स्वाधिनता राष्ट्रहित विपरित रहेको भन्दै जनमोर्चा केही समययता सडक आन्दोलनमा थियो ।

टिप्पणीहरू