आज पौने दुई सय संक्रमित, एक जना बिते

आज पौने दुई सय संक्रमित, एक जना बिते

पछिल्लो २४ घण्टामा मुलुकभर एक सय ८० जना कोरोना संक्रमित फेला परेका छन् । आठ हजार तीन सय ४१ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् ।

मन्त्रालयका अनुसार उक्त अवधिमा चार सय जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना संक्रमण निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ । मुलुकभर अझै आठ हजार दुई सय ३५ जना सक्रिय संक्रमित छन् ।

यस्तै, काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक हजार तीन सय ९४ रहेको छ । भक्तपुरमा एक सय ३६ र ललितपुरमा एक हजार ९८ जना सक्रिय संक्रमित छन् । आज एक जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ३६ पुगेको छ ।

टिप्पणीहरू