बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । बैठक केहीबेर अघिबाट शुरु भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भइरहेको क्याबिनेट बैठकमा गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ,कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, स्वास्थ्यमन्त्री विरोध खतिवडा, कृषिमन्त्री महेन्द्र राय यादव, परराष्ट्रमन्त्री नारायण खड्काको उपस्थिति छ ।
बालुवाटार स्रोतका अनुसार बैठकमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मी, शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, वन मन्त्री रामसहाय प्रसाद यादव, पर्यटनमन्त्री प्रेम आले र मुख्य सचिव शंकरदास बैरागी लगायत झण्डै डेढ दर्जनको उपस्थिति छ । बाँकी मन्त्रीहरु बालुवाटार पुगिसकेको बताइन्छ ।
टिप्पणीहरू