हङकङमा महामारी फैलियो,दैनिक संक्रमितको संख्या ३४ हजार बढी
हङकङमा अहिलेसम्मकै उच्च ३४ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज एकै दिनमा ३४ हजार ४ सय ६६ र पछिल्ला तीन दिनमा कूल एक लाख कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुको मृत्युको संख्यामा समेत दोहोरो अंकको नयाँ रेकर्ड देखिएको छ । त्यहाँका सरकारी अधिकारीहरूका अनुसार हिजो मात्रै २४ घण्टामा १९ देखि १ सय वर्ष उमेरका ८३ जनाको संक्रमणबाट मृत्यु भएको छ । अन्य ६० जनाको अवस्था गम्भीर रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना संक्रमण ह्वात्तै बढेपछि स्थानीयलाई तोकिएको स्वास्थ्य परीक्षण केन्द्रको सट्टा घरबाटै परीक्षण गर्न अनुमति दिइएको छ । र्यापिड टेस्ट किटको नतिजाले पोजिटिभ देखाएको खण्डमा त्यस्ता सबैलाई घर बाहिर नजान र सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिइएको छ ।
टिप्पणीहरू