रुस-युक्रेन तनावले नेपालमा इन्धनको भाउ अचाक्ली

रुस-युक्रेन तनावले नेपालमा इन्धनको भाउ अचाक्ली

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । कर्पोरेशनले आज भाउ बढाएर नेपाललाई नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्यसुची अनुसार पेट्रोलमा प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ ।

त्यसैगरी, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँ बढेको छ । नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्यासमा ६६५ रुपैयाँ घाटा हुने जनाइएको छ ।

निगमका अनुसार अब निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड र मासिक ६ अर्ब १८ करोड घाटा हुने देखिएको छ । मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको छ ।

इण्डियन आयल कर्पोरेशनले रुसबाट मँहगोमा इन्धन खरिद गर्नुपरेकाले नेपालमा पनि भाउ बढाएर पठाएको बताइएको छ । पछिल्लो समय रुस र युक्रेनबिच बढेको तनावको अन्तराष्ट्रिय तेल बजारमा प्रत्यक्ष प्रभाव पर्न थालेको छ ।

टिप्पणीहरू