ललितपुरमा ‘अपटाउन म्युजिक फेस्टिभल’ हुने

ललितपुरमा ‘अपटाउन म्युजिक फेस्टिभल’ हुने

अपटाउनको प्रस्तुतिमा नेपालमै पहिलोपटक ‘अपटाउन म्युजिक फेस्टिभल’ हुने भएको छ । पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिबल फागुन २० गते ललितपुरको झम्सिखेलमा हुन लागेको हो ।

आयोजकका अनुसार फेस्टिबलमा दीपक बज्राचार्य, सबिन राई एन्ड द फरोह, नवीन के भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बाँसकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एन्ड द न्यु रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुती हुनेछ ।

यसबाहेक हरि महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालको अभिनय रहनेछ । उनीहरूबाहेक रिदिम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एन्ड बी फ्ल्याट र अडियो स्क्वाडले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

साथै आरोन, डेञ्जोङ, मोनिका, रेसेस र मनिकको पनि प्रस्तुति रहने आयोजकले बताएको छ । फेस्टिभलमा तीन मुलुकका २६ जना कलाकारले सहभागिता जनाउने छन् ।

फेस्टिभलको शुभारम्भ गायक दीपक बज्राचार्यले गर्नेछन् । यो महोत्सवमा दर्शकलाई प्रवेश निःशुल्क गरिने छ ।

टिप्पणीहरू