पारासुटबाट हामफालेर आक्रमण गर्दै रुसी सेना

पारासुटबाट हामफालेर आक्रमण गर्दै रुसी सेना

रुसी सेना युक्रेनी सहर खारकिभ र केभतर्फ अघि बढिरहेका छन् । पारासुटबाट झरेर रुसी सेनाले दोस्रो ठूलो सहरमाथिको आक्रमणलाई तीव्र पारेका हुन् । पछिल्लो बम हमलामा दर्जनौं सर्वसाधारण मारिएको आशंका गरिएको छ ।

दक्षिणको सानो सहर खेरसन पनि रुसी फौजले नियन्त्रणमा लिएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी हवाई क्षेत्रमा रुसी विमान सेवाका उडानमा रोक लगाएको छ ।

अमेरिकी कम्पनी बोइङ र एक्सनमोबिलले पनि रुससँगको सम्बन्ध तोडेका छन् । रुससँग सम्बन्ध तोड्ने यी दुई पछिल्ला अमेरिकी कम्पनी हुन् । युक्रेनमा भएको आक्रमणको पछिल्लो सात दिनमा छ लाखभन्दा बढी मानिसले युक्रेन छाडेको राष्ट्रसंघले जनाएको छ ।

टिप्पणीहरू