पोखराका कुखुरामा पनि बर्डफ्लु

पोखराका कुखुरामा पनि बर्डफ्लु

पोखराका दुई स्थानमा एकै पटक एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) को संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १५ र १७ मा यो महिनाको सुरुदेखि दिनहुँ कुखुरा मर्न थालेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

फागुन ६ गते पोखरा १५ का खुशीमान गुरुङको कुखुरा फार्मका कुखुरा मर्न थालेपछि परीक्षणका लागि जिल्ला प्रयोगशाला लगिएको थियो । त्यहाँको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा गत आइतबार संक्रमण पुष्टि भएको हो ।

बर्डफ्लु संक्रमण फेला परेसँगै संक्रमित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको बैठकपछि उक्त क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ भने पंछीजन्य कारोबारमा रोक लगाइएको छ ।

टिप्पणीहरू