गण्डकीमा भोलि सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । ग्याल्पो ल्होसारको अवसर प्रदेशले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले २०७७ चैत १७ को निर्णयअनुसार बिदा दिने निर्णय भएको जनाएको छ ।
ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्दै भोलि गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्था लगायतले बिदा पाउने आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले बताए ।
विशेषगरी शेर्पा समुदायले यो चाडपर्व मनाउने गरेका छन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँछन् ।
टिप्पणीहरू