जसपाले पनि विधान अधिवेशन गर्ने
जनता समाजवादी पार्टी (जसपा) ले आगामी असारमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ । गत बिहीबारबाट सुरु केन्द्रीय कार्यकारिणी समितिको बैठकले २०७९ असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
उनका अनुसार बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही फागुन २८ गते संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
टिप्पणीहरू