श्रीकान्त पौडेललाई विशेषको अध्यक्ष बनाउने क्याबिनेटको निर्णय
सरकारले न्यायाधीश श्रीकान्त पौडेललाई विशेष अदालतको अध्यक्ष बनाउने निर्णय गरेको छ । पछिल्लो क्याबिनेट बैठकले पौडेललाई विशेषको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
आज क्याबिनेट बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्यसबारे जानकारी दिनुभएको हो । पौडेल उच्च अदालत पाटनका न्यायाधीश हुनुहुन्छ ।
न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिकराम कोइराला, बलभद्र बाँस्तोला र खुशीप्रसाद थारूलाई सदस्यमा नियुक्त गर्ने क्याबिनेटको निर्णय छ ।
टिप्पणीहरू