संसद भवन अगाडि बम राख्ने को हुन् ?
बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रेसर कुकर बम राखेको आरोपमा प्रहरीले गौशालाबाट एक जनालाई समातेको छ । प्रहरीको अपराध महाशाखाको टोलीले काभ्रे भुम्लु गाउँपालिका–२ सिमथली घर भइ चावहिल बस्ने सुवास महतलाई समातेको हो ।
अनेरास्ववियु क्रान्तिकारीको पशुपति बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष रहेका महतलाई उक्त घटनामा प्रयोग गरिएको बा.प्र.०२–०३०–प.७०८५ नम्बरको मोटरसाइकलसहित आज पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट विभिन्न कम्पनीका चार वोटा मोवाइल फोनसमेत बरामद गरेको छ ।
अस्ति संघीय संसद भवनको गेटमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद कुकरलाई डिस्पोज गरेको थियो ।
टिप्पणीहरू